बीरगंज श्रावण २७ गते । महानगरपालिका बेथितिको अखडा बन्दै गएको र स-प्रमाण संचार जगतले समाचार प्रकाशनमा ल्याउँदा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन भएर बसेको देख्दा उस्को नियत माथी नगरवासीले शंका व्यक्त गर्न थालेका छन। संघिय सरकारको प्रतिनिधिको रूप अनियमितता रोक्न र सुशासन कायम गर्न बीरगंज महानगरपालिकामा पदासीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल पाए सम्म दुबै हातले सोहर्ने चरित्रको भएको र उनको हिमचिम अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका पदाधिकारीहरु संग भएकोले वीरगन्ज महानगर भित्र हाकाहाकी लुट मच्चाउने काम भएको एउटा समाचार बाहिरिएको छ। इ-बिडिङ मार्फत आह्वान गरियो टेण्डरमा गोलमाल गरेर मेयर राजेशमान सिंह र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल लगायतका हरु एक करोड २० लाख झ्वाम गरेको घटना यसप्रकारको रहेको छ ।

गत आर्थिक वर्षको २६ असोज २०७९ मा ३२ वटा वडाको लागी तीन सिलिन्डरको ट्रयाक्टर चाहिएको सुचना प्रकाशन गरी ई-बिडिङ मार्फत टेण्डर आह्वान बीरगंज महानगरपालिकाले गरेको थियो ।प्रतिस्पर्धा हुने मोडेलको ट्रयाक्टर किन छनौट प्राविधिकले गरेन हराउँदै गएको एक सिलिण्डरको ट्रयाक्टर किन छनौट भयो यस बारे कोही बोल्न चाहँदैनन् । महानगरपालिकाले तोकेको विशिष्टीकरण (स्पेसिफिकेसन) मेयर सिंहको नजिकका व्यापारी रवि मानन्धरको कम्पनी संग नमिले पछि बिना कारण टेण्डर बदर गरीयो । जबकी तुलस्यान ट्रयाक्टर्स, नेपाल ट्रेड एन्ड सर्भिस लिंक, खेसारी चन्द्र वर्णवाल, ओमनी अटो मोबाइल्स र अर्थ अटोबिल्स प्रा।लि ले भरेका थिए ।

टेण्डर तुलस्यान ट्रयाक्टर्सलाई परेको थियो ।त्यसको केही महिना पछि बजारको चलन चल्तीमा हराउँदै गएको एक सिलिण्डरको विशिष्टिकरण (स्पेसिफिकेसन) उल्लेख गरी १४ चैत्र २०७९ मा दोश्रो पटक टेण्डर आह्वान गरियो । रवि मानन्धरको विना एग्रो इन्टरप्राइजेजले आयशर ट्रयाक्टर र टेलर आठ लाख ५० हजार पर्ने लाई बाह्र लाख २५ हजार मुल्य कायम गरी टेण्डर भर्यो । एक मात्र रवि मानन्धरको टेण्डर परेकोले उनको टेण्डर सदर गरी दुई करोड ७२ लाख दिनुपर्ने ठाउँमा तीन करोड ९२ लाख भुक्तानी गरेर प्रति ट्रयाक्टर तीन लाख ७५ हजारको दरले कुल ३२ थान ट्रयाक्टरमा एक करोड २० लाख मेयर राजेशमान सिंह, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल र अन्य कर्मचारीहरु बाँडीचुँडी खाएको आरोप छ ।

प्रतिस्पर्धा हुने मोडेलको ट्रयाक्टर किन छनौट प्राविधिकले गरेन हराउँदै गएको एक सिलिण्डरको ट्रयाक्टर किन छनौट भयो यस बारे कोही बोल्न चाहँदैन। जन्ता समाजवादी पार्टीबाटै निर्वाचित वडा नं १ का वडा अध्यक्ष मनोज राउत कुर्मीले अत्यन्त गुणस्तरहीन खालको ट्रयाक्टर खरिद गरीएको र सो ट्रयाक्टरबाट फोहर मात्र उठाउन सक्ने बताए ।पत्रकारहरुले भ्रष्टाचार बारे समाचारपत्र अनलाईनमा समाचार लेखेपछी मेयर राजेशमान सिंहले सार्वजनिक कार्यक्रममा मेरो कार्यालयमा भ्रष्टाचार भएको छ भने आएर छानबिन गर्न अख्तियारलाई निम्ता दिंदा पनि नआएको बताउदैं हिँडेका छन ।

श्रोत :- अंकुश डेली

Leave a Reply

Your email address will not be published. Required fields are marked *