बीरगंज श्रावण, २४ गते । पर्सा बिरगंज काे रानीघाट वार्ड नं ११ मा नेपाल मैं उत्पादन र भन्सार छलि गरी ल्याइ राखिएको गोदाममा प्रहरी द्वारा छापा मारी चामल लाई इन्डियन ब्रान्ड Ripuraj काे बोरा धमाधम रिपेकिङ गरी उपभोक्ता लाई ठगी गरिरहेको कुहिएको किरै किरा लागेको चामल नयाँ बोरामा रिप्याकिङ गर्दै गर्दा वडा प्रहरी कार्यालय श्रीपुर का प्रमुख प्रहरी निरीक्षक आशुतोष बहादुर शाही काे कमाण्डमा रामचन्द्र शाह तेली काे पसल घर गोदाममा छापा मारी गरी गर्दा गोदाम का साहु फरार भएकाे हुँदा प्रहरीले साहु का १ जना भतिज सहित सैयौं बोरा चामल लाई नियन्त्रण मा लिई कुहिएको चामल लाई ल्याब टेस्ट पश्चात कुहिएको चामल लाई नष्ट गर्ने जिल्ला प्रहरी कार्यालय पर्सा काे दाबी रहेको छ।

उपयोग हुने चामल वीरगन्ज भन्सार कार्यालय मा बुझाएका हुन्। हाल अहिले रामचन्द्र शाह तेली प्रहरीकाे आँखा छलि फरार रहेका छन्। उक्त चामल व्यापारीले सर्वसाधारणको ज्यान सँग खिलवाड गरेको हुनाले स्थानीयको आक्रोश सृजना भएको तथा अपराधी लाई कडा भन्दा कडा कार्यवाहीको माग गरेका छन् ।

भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *