बीरगंज श्रावण २६ गते, मेराज हासमी। बीरगंज महानगरमा स्थित वडा नं २० मा २०७९/०८० को वर्षीय खर्च विवरण सार्वजनिक गरे लगत्तै विभिन्न बुदा तथा खर्च हरु बिबादास्पद रहेको र ठूलो रकमको चलखेल रहेको स्थानीयको भनाइ छ। प्राप्त जानकारी अनुसार हामीले सो आर्थिक वर्षको खर्च विवरण हेर्दा वास्तविक मूल्य र खर्च भन्दा दोहोरो, तेहेरो खर्च देखाइएको तथा विभिन्न शीर्षक हरुमा कुनै कार्यक्रम नै न गरी खर्च बिल पेस गरी बुँदागत रूपमा जारी बजेट शीर्षकमा पैसा चलखेल गरिएको जानकारी प्राप्त भएको छ।

बीरगंज महानगपालिका भित्र रहेको वडा नं २० को वडाध्यक्ष श्री रामकिशोर सिंह सुरु देखि विभिन्न विकाशजनक कार्यहरू न गरे नै बिबादित रहेको स्थानीय तथा हाम्रो सर्वे बाट जानकारी प्राप्त भयो। हालै बितेको आर्थिक मसान्त पूर्व पनि वडाका मुख्यतः सबै बाटो गल्ली हरु कच्ची नै रहेको तथा बाटोघाटो बनाउन महानगर बाट कुनै बजेट न आएको जानकारी वडाध्यक्ष ले स्थानीयलाई जानकारी गराएको ब्योहरा जानकारी प्राप्त भएको छ। वडाध्यक्षको अनुसार वडाको मुख्यतः सबै मुख्य बाटो सहरी विकासले बनाउने तथा वडाले बनाउँदा पछि सहरी बिकासले तोड दिने जस्तो विवादास्पद जानकारी हाम्रो टीम लाई त्यहीँको स्थानीय हरुको गुनासो छ।

महानगर भित्र रहेको ३२ वडाहरु मध्ये सबै भन्दा दयनिय अवस्था वडा २० को रहेको तथा सर्वसाधारणले वडा अवलोकन गरेर सजिलै बुझ्न सकिन्छ। हाल बीरगंज महानगरमा यस्तो बिजोक अवस्था कुनै पनि ठाउँमा नरहेको र अलिकति पानी पर्दा सर्वसाधारण लाई आवतजावत गर्न पनि कठिनाई रहेको स्थानीय को भनाइ तथा हाम्रो निजी अवलोकन बाट प्राप्त भएको छ। यस बिजोक अवस्थामा मा स्थानीय विद्यार्थीहरुलाई सबै भन्दा बढी दुविधा रहेको र घर बाट निस्किन पनि हिलो काटेर स्कूल जानुपर्ने अवस्था रहेको छ।

स्थानीयको अनुसार १०० प्रतिशत वडाको ठाउँहरूमा १०% नाला रहेको तथा अरु सबै ठाउँमा नालाको विकास सुन्य रहेको जानकारी प्राप्त भए लगत्तै हाम्रो टिम सो ठाउँमा पुगेर स्तिथिको अवलोकन गरेका थियौं। वडाको यस्तो विजोगमा आर्थिक वर्ष ०७९/८० को बजेट खर्च शिर्षक पूर्ण रूपमा बिबादित रहेको छ सो सन्दर्भमा हामीले पटक पटक त्यहाँको वडाध्यक्षलाई सम्पर्क गर्न खोज्यौ तर वहा सँग सम्पर्क हुन सकेको छैन।

साथै सो वडामा सितैको वाई फाई जडान गरेर युवाहरुलाई जमघट गराएर विभिन्न अनैतिक कृयाकलाप गराइएको स्थानीयको आरोप छ। वाई फाई जडान कार्यालयमा जहाँ सेवाग्राही लाई कार्य प्रयोजन को लागि दिनु औचित्य देखिन्छ तर पुरै वडा लाई वाई फाई जोन बनाएर विकृति निम्त्याएको स्थानीयको आरोप छ र सो वाई फाई जडानमा पनि ठूलो रकम चलखेल भएको स्थानीयको भनाइ छ।

यो समाचार हामीले स्थानीयको गुनासोमा त्यहाँ पुगेर अवलोकन गरेर सम्प्रेषण गरेको छौ कुनै अवस्थामा यस सन्दर्भमा कुनै जानकारीमा चुक भएको तथा खर्च विवरणमा कुनै स्पष्टीकरण चाहिएमा प्रमाण सुरक्षित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *