बीरगंज श्रावण १५ गते, मेंराज हास्मी।

निशुल्क धारा जडान प्रचारमुखी बीरगंज महानगरपालिका केही महिना अगाडी देखी देखा परेको खानेपानीको समस्या अहिलेसम्म यथावत रहेको पाईएको छ। महानगर भित्रका अधिकास वडाहरुमा अहिलेपनि खानेपानीको हाहाकार मच्चेका छ । नगरबासीहरुले आफै पानी खाने व्यवस्था गरेको पाईएको छ । बैशाख महिनामा महानगरमा खानेपानीको समस्या भयो भन्दै बिभिन्न संचारमाध्य बाट समाचार प्रकाशमा आएपछि महानगरको ध्यान आर्कषण हुनु स्वभावीक हो । महानगरले पानीको समस्या समाधान गर्न महानगरले आफनै कार्यलय निति नियम तथा खानेपानीको खानेपानी कार्यलयको यर्थात नबुझी हावाको तालमा निशुल्क धारा जडान गर्ने धोषना गरिएको थियो ।

तर अहिले आएर झुठो साबित भएको छ महानगरप्रमुख राजेशमान सिहको खानेपानीको समस्या तत्काल समाधान हुनु पर्छ त्यो पनि निशुल्क उती बेलाको घोषणा खुब चर्चा पाएका थिए । तर अहिले हाथी आयो हाथी आयो फुसको अवस्था छ । एक घर एक खाने पानी धाराले नगरबासीलाई समेत नपुगे अवस्थामा टोल तथा वडामा डिप बोरीङ गाडेर घरघरमा देखिएको खानेपानीको समस्या कसरी हल हुन्छ नगरबासीहरुले प्रतिप्शन गर्न थालेका छन । निशुल्क धारा जडान गर्ने महानगरको घोषणा पछि खानेपानी धाराको सिफारीस लिन वडामा जाँदा ३५ सय देखी ५ हजार को राजश्व दिनु तथा खानेपानी कार्यलयमा ८ हजार ४१० रुपैया अन्य समान गरि अहिले प्रतिधारा लिन २० देखी ३० हजार तिर्न बाध्य भएको नगरबासीहरुले बताएका छन । धारा जडान गर्नका लागी खानेपानी कार्यलय वीरगजमा पुगेका स्थानियका अनुसार महानगरले मिडीयामा मात्र प्रचार गरेर नाम कमाएको आरोप लगाएका छन ।

हामी आफै वडा देखी खानेपानी कार्यलय सम्मको दस्तुर तथा अन्य समानहरु आफै खरिद गरि धारा जडान गराई रहेको बताएका छन । खानेपानी कार्यलयले काम ढिलो गरिहेको उनीहरुको आरोप थियो। हामी पानी बिना कसरी बाचिरहेका छन । त्यसको अनुमान तपाईहरुलै गर्नु उनीहरुको भनाई छ । खानेपानी कार्यलयका प्राबिधीक ईन्द्रराज पाण्डेका अनुसार बीरगंज कार्यलयमा अहिलेसम्म ६ सयको हाराहारीमा निवेदन दर्ता भएको त्यस मध्ये लगभग ४५० वटा धारा बैशाख,जेठ र असारसम्म जडान गरेको बताए । जनशाक्तिको अभाव बिच आफुहरु कसरी काम गरिहेका छौ पिडीतहरुलाई नै थाहा छ । खानेपानीको पाईप पुगेको ठाउको मात्र हामी निवेदन लिई रहेका छन । महानगरको धेरै नया बस्तीहरूमा खानेपानीको सप्लाई पाईप पुगेका छैन । त्यहाको समस्या कसरी समाधान हुने महानगरले सोच्ने बेला आएको पाण्डेको भनाई थियो ।

पानीको समस्या महानगरको सबै वडाहरुमा छिटपुट समस्या छ । पहिला भन्दा अहिले धमाधम खानेपानीको धारा सुकिरहेको उनको बताए । पाण्डेका अनुसार हिजोसम्म धारामा आउने पानी आज एकासी पानी दिन छोडी सकेको जानकारी प्राप्त भएको बताए । स्थानियहरु कार्यलयमा पुगी होहल्ला गर्ने गरेको उनको भनाई थियो । महानगरले केही महिना अगाडी निशुल्क धारा जडान गरेको धोषना झुठो रहेको त्यसको कारण आफुहरु गाली खानुपरेको बताए ।

महानगर भित्र अहिलेसम्म जडान सयौं धाराको शुःल्क नगर बासिहरुले आफै तिर्नुको साथै समान खरिद गरिरहेको बताए । महानगरबाट निशुल्क धारा जडानको फाईल एउटा पनि नआएको पाण्डेको भनाई थियो । महानगरले केही सार्वजनिक ठाउहरुमा डिप बोरिग गाडेको तथा ट्याङ्कर पानी सप्लाई गरिको सुनेको पाण्डेको भनाई थियो । महानगरबासीहरु कार्यलयमा पुगी निुशल्क धारा जडान गर भन्दै झगडा गर्न आउछन । महानगरले केही पत्र पनि दिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *