श्रावण ११, बीरगंज ।

हरेक वर्ष १० असार भित्र सबै स्थानीय सरकारले आगामी वर्षको बजेट जारी गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सबैजसोले आइतबार बजेट ल्याएका छन् । केही तहले यसअघि नै बजेट ल्याएकामा अन्यले आइतबार जारी गरेका हुन् । विगतका वर्ष छुट्याएको बजेट सदुपयोग गर्न नसकेका स्थानीय तहले आगामी बजेट अंक झन् बढाएका छन् । तर, उनीहरूले आन्तरिक आयको स्रोत भने न्यून देखाएका छन् ।

त्यसैले यो अवस्थामा आएको आगामी वर्षको बजेट पनि पूर्ण कार्यान्वयन हुनेमा शंका छ । सबैभन्दा धेरै बजेट ल्याउने स्थानीय सरकार काठमाडौं महानगरपालिका हो । काठमाडौं महानगरपालिकाको मात्रै बजेट अन्य ६ महानगरपालिकाको कुल बजेट बराबर छ । अधिकांश पालिकाले पुराना कार्यक्रमहरूलाई निरन्तरता दिने उद्देश्यसहित बजेट ल्याएका छन् ।

आसपासे पत्रिका तथा पत्रकारहरूलाई मोज

हाल सार्वजनिक भएका विभिन्न बजेटका शीर्षकहरू विवादित रहँदा पनि प्रकाशन, प्रशासन तथा सुचना शीर्षकको बजेट साह्रै नैं बिबादित रहेको तथा यसमा धेरै संघ संस्था स्थानियहरुको ध्यानाकर्षण भएको देखिन्छ। प्रस्तुत बजेटमा उल्लेख “प्रकाशन, प्रशासन तथा सुचना” अन्तर्गत रु. एक करोड २८ लाख रकम महानगरीय मेयर श्री राजेश मान सिंहकै आस्पासे सञ्चारकर्मी, पूर्व सञ्चारकर्मी, पार्टीगत सञ्चारकर्मी, मनोपरी जबर्जस्ती बनाइदिएको सञ्चारकर्मी हरुको लागि यो बजेट छुट्याईएको सर्वसाधारण हरुको गुनासो हामी समक्ष आएको जानकारी गराउँदै छौ।

प्रस्तुत विषयमा हामीले जाँच पड्ताल गर्दा आदरणीय मेयर साहबकै कार्यालय वरिपरि, अगाडि को सचिव कोठामा विभिन्न मीडिया हाउसका पत्रकारहरु दर्जनौंको संख्यामा कार्यालय समय सम्म बसिरहेको जानकारी प्राप्त भएको छ। जसमा केही बीरगंज महानगरको प्रचलित मीडिया हाउस देखि लिएर कहिलै नाम पनि नसुनेका पत्रकारहरु उपस्थिति रहेको सर्वसाधारणको भनाई छ। यस सन्दर्भमा हामी विशेष रिपोर्ट यथासिघ्र यसै समाचार पोर्टलको माध्यमबाट प्रस्तुत गर्ने छौ ।