मोरङ – सुनसरीको सेउती खोलानजिकै गोली प्रहार गरी एक युवकको हत्या भएको छ।मलघाटबाट विराटनगर जाँदै गरेका विराटनगर महानगरपालिका–६ का २८ वर्षीय रोहित चौधरीको गोली प्रहार गरी हत्या भएको सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले जानकारी दीए।प्रहरीका अनुसार धरान–इटहरी रोडमा पर्ने जंगलको सेउती पुलनजिकै चौधरीमाथि गोली प्रहार भएको थियो। गोली प्रहारबाट घाइते भएका उनलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिए पनि चिकित्सकले मृत घोषित गरेका थिए।गोली चलाउन समूहले उनको साथबाट मोबाइल र पैसा लुटेर लगेको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *